झापा, माघ २ । बिर्तामोड ५ मा वडा खेलकुद विकास समिति गठन भएको छ ।

नगर खेलकुद विकास समितिअन्तर्गत वडा नं ५ को समिति गठन भएको हो । रोजित गुरुङको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा दिपेश चौधरी र सुजन मेचे ,सचिब भुपेन्द्र श्रेष्ठ, सहसचिब ओसिन तामाङ रहेका छन् । त्यस्तै सदस्यहरुमा निशल सुब्बा, रमेश श्रेष्ठ, प्रेमकृष्ण श्रेष्ठ,बुद्ध लिङ्देन, संजय गुरुङ, बिरेन्द्र कार्की , नवीन राई र मेनुका मगर रहेका छन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीको अध्यक्षता तथा वडा नं ५ का वडा अध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा भएको भेलामा झापा बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देन , समाजसेवी लक्ष्मीप्रसाद बास्कोटा,सुरज शेर्पा , दिपेन चौधरीलगायत जनप्रतिनिधि, नगर खेलकुद विकास समितिका पदाधिकारी,स्थानीय संघ संस्थाका प्रतिनिधि र खेलाडीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्