झापा, माघ २ ।जिल्ला प्रहरी कार्यालय झापाले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ३ भुटानी शरणार्थी शिविर बेलडाँगी सेक्टर डी ३ हट नं. २४९ बस्ने ३६ वर्षीय चन्द्र भन्ने चेतबहादुर तामाङ र ईलाम साविक फाकफोक गा.वि.स.वडा नं.१ हाल फाकफोकथुम गाउँपालिका वडा नं. १बस्ने ३३ वर्षीय रञ्जन खड्का रहेका छन् ।

तामाङ वन पैदावार हानि नोक्सानी मुद्दाका फरार अभियुक्त हुन् । उनलाई अदालतले १५ दिन कैद सजाय र ७हजार ८०५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।खड्का भने सरकारी छाप किर्ते मुद्दामा फरार भएका थिए । अदालतले उनलाई २०७२ जेठमा एक वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

झापा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले पक्राउ परेका दुवै प्रतिवादीलाई अदालतको आदेश अनुसार कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्