भद्रपुर, माघ ४ । मानव अधिकारका लागि महिला एकल महिला झापाले जिल्लाका १५ वटै पालिकाका प्रमुखहरूलाई संरक्षण अधिकार खोसिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।


संघीय संरचनामा परिवर्तन हुनुपूर्व महिला तथा बालबालिका कार्यालयमार्फत अप्ठ्यारोमा परेका एकल महिला संरक्षणका लागि राज्यले कोष खडा गरी संरक्षण गरिरहेकोमा संघीयता कार्यान्वयन भएसंगै सो अधिकार खोसिएकोले पुनःस्थापनाको माग गर्दै पालिका प्रमुखहरुको ध्यानाकर्षण गराइएको हो ।

केन्द्रीय सचिव तथा झापा अध्यक्ष रेखा अधिकारीको नेतृत्वमा भद्रपुर नगरपालिकालगायत झापाका विभिन्न पालिकामा ध्यानाकर्षणपत्र बुझाइएको छ । ध्यानाकर्षणपत्रमा विगतदेखि राज्यले गर्दै आएका सम्पूर्ण संरक्षणका काम स्थानीय सरकारलाई जिम्मा लिन माग गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्