झापा , माघ ५ । गायक योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ।

गएराति साढे १२ बजेतिर उनको निधन भएको परिवारले जानकारी दिएको छ।
बेलुकी स्वास्थ्यमा समस्या आएपछि उनलाई सुन्धारास्थित काठमाडौं भ्याली अस्पताल लगिएको थियो। त्यहीँ उनको निधन भएको हो। उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए।

सुगम संगीतमा उनको बेग्लै प्रतिष्ठा रहेको साहित्यकार तथा अध्येता प्रकाश सायमीले बताए। उनका अनुसार वैद्य बौद्धिक कलाकारका रूपमा चिनिन्छन्।संगीतका साथै उनी तीन दशकभन्दा लामो समय सरकारी सेवामा रहेका थिए। उनले २०६१ मा सहसचिव पदबाट अवकाश लिएका हुन्।उनका ‘सपना भुलाइ सारा आँसु पिएर जाऊ, ‘आखैँमा रात गले, बाटोमा हुरी चले’, ‘मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो’ नेपाल मेरो तिमीलाई लगायतका गीत चर्चित छन्। उनले नेपाल भाषाका पनि थुप्रै गीत गाएका थिए।

पशुपति आर्यघाट आज उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका दुई छोरी र एक छोरा छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्