युएई, माघ ५ । युएईको शहर दुबईमा कोच राजवंशी समाज युएईको आयोजनामा सातौं राष्ट्रिय भाक्का दिवस मनाइएको छ ।

पहिलो पटक दुबईको समुन्द्री क्रुजमा तातो तातो भाक्का बनाउँदै गत आइतबार भब्यरुपमा भाक्का दिवस सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएनए एनसीसी युएई उपाध्यक्ष मनोजकुमार सैजु, बिशिष्ट अतिथिमा मंगोल समाज युएईका अध्यक्ष अमर धिमाल, थारु कल्याणकारिणी सभा महिला विभाग प्रमुख जानकी महतो, मनोजकुमार राजवंशी, जनप्रगतिशील मंच युएई अध्यक्ष एवम् एनआरएनएका सल्लाहकार सदस्य बाबुराम बिक रहेका थिए ।

सातौं राष्ट्रिय भाक्का’दिवसको उपलक्ष्यमा राजवंशीहरुको राष्ट्रिय परिकार भाक्का क्रुजमा नै पुनम राजवंशी, सबिना राजवंशी, ममता राजवंशीले उपस्थित सबैलाई तातो तातो भाक्का खान दिएका थिए ।साथमा अरु पनि विभिन्न परिकारहरु माछाको ग्रेभी, धनिया खुर्सानीको अचार बनाई भेज र ननभेज परिकारहरुको राम्रो प्रबन्ध गरिएको थियोे ।


कार्यक्रममा प्रमुख गायक आरके राजवंशी थिए भने कार्यक्रममा पुनम राजवंशी, मेनुका राजवंशीले, सबिना राजवंशी, ममता राजवंशीले राजवंशी गीत नृत्य प्रस्तुत गरी रौनक बढाएका थिए । राजबंशी समुदायको मौलिकता झल्किने भेषभुषा पुरुषहरुले धोती, गन्जी र महिलाहरुले पेटानी कम्मर कोष साथै गरगहना लगाएका थिए। कार्यक्रम बेलुका ४ बजेदेखि ७ बजेसम्म राखिएको थियो भने ११० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न फिस्टेल ट्राभल्स एण्ड टुरिजमले आर्थिक सहयोग गरेको थियो भने ममता राजवंशी,फाल्टु राजवंशी, पुनम राजवंशी, सरस्वती राजवंशी, सबिना राजवंशी, मेनुका राजवंशी, समिर श्रेष्ठ, जीवन तिमिल्सिना, अमित आडी, अमृत राजवंशी सीता राजवंशी, कमल राजवंशी, अनुरोध राजवंशी, प्रेम राजवंशी, प्रकाश राजवंशी, निशा राजवंशी र हरेस राजवंशीले सहयोग गरेका थिए ।

भरत राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कोच राजवंशी समाज युएईका सचिव कविराज राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्