भद्रपुर, माघ ६ । भद्रपुर जेसीजको ४९ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन् २०२४ का लागि अध्यक्षमा टिकाराम पाण्डे दिपकको नेतृत्वमा नयाँ समिति सर्वसम्मत गठन भएको छ ।


समितिको कार्यकारी उपाध्यक्षमा अभिषेक प्रधान तथा रविन कार्की सर्वसम्मत भएका छन् भने उपाध्यक्षमा क्रमशः आदित्य दास, सुरज श्रेष्ठ, भुपाल घिमिरे र हेडम्बराज निरौलालाई सर्वसम्मत चयन गरिएको सन् २०२३ का अध्यक्ष युवराज न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्