झापा, माघ ७ । पव्लिक क्याम्पसहरुको पाँचौं कोशी प्रदेश अधिवेशन झापाको कन्काई बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

नेपाल पव्लिक क्याम्पस संघ कोशी प्रदेश समितिको अधिवेशनले १५ सदस्यीय समिति सर्वसम्मत रुपमा गठन गरेको छ । अधिवेशनले अध्यक्षमा बरुण क्याम्पस संखुवासभाका क्याम्पस प्रमुख टिकाराम गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्षहरुमा गरामनी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष एकराज कार्की,सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुन अधिकारी, जनता बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष विकास के.सी, सचिवमा सोलुखुम्बु क्याम्पसका क्याम्पस प्रमुख उद्धव शर्मा, सहसचिवमा दमक बहुमुखी क्याम्पसका प्राध्यापक संघका सभापति सुमन नेपाल र कोषाध्यक्षमा मंगलबारे क्याम्पस ईलामका सञ्चालक समितिका अध्यक्ष मेघप्रसाद चम्लागाई चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा झापाबाट इन्द्रचन्द्र क्याम्पस बिर्तामोडका क्याम्पस प्रमुख प्रकाश दाहाल, मदन आश्रित बहुमुखी क्याम्पस केर्खाका क्याम्पस प्रमुख उमानाथ अधिकारी,रवि क्याम्पस पाँचथरकी टीकादेवी भट्टराई ,हिले क्याम्पस धनकुटाका प्रदिप फुयल ,ओखलढुंगा क्याम्पसका मिनकुमार घिमिरे ,खोटाङ क्याम्पसका दीपक पोखरेल , उदयपुर क्याम्पसका मुकेश थापा र तेह्रथुम म्याङ्लुङ क्याम्पसका खेमनाथ निरौला रहेका छन् ।

यसअघि केन्द्रीय समितिले नै प्रदेश अध्यक्ष चयन गरिसकेको थियो । बाँकी पद अधिवेशनले चयन गरेको हो । कोशी प्रदेशमा ९३ वटा पव्लिक क्याम्पस रहेका छन् ।कार्यक्रममा बोल्दै सहभागी वक्ताहरुले दूरदराज र ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई समेटेर पठनपाठन गराउँदै आएको पव्लिक क्याम्पसलाई सरकारले सहयोग नगरेको गुनासो गरेका थिए । टीकाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा विश्वविद्यालय अनुदान आयोगका प्रा.डा. देवराज अधिकारी रहेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल पव्लिक क्याम्पसका केन्द्रीय अध्यक्ष शत्रुधन गुप्ता ,संघीय सांसद एलपी साँवा,प्रदेश सांसद एकराज कार्की ,राधाकृष्ण खनाल,कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पाखरेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कन्काई क्याम्पसका प्रमुख विकास उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्