झापा, माघ ९ । बिर्तामोड उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ ।उम्मेदवार बन्न चाहनेहरुले आकांक्षा व्यक्त गर्न थालेका छन् ।


व्यवसायी लक्ष्मीप्रसाद सापकोटाले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने योजना रहेको बताएका छन् ।बिर्तामोडमा १३ वर्षदेखि व्यवसाय संचालन गर्दै आएका सापकोटा आविस्कार विजनेस (एग्रोभेटिनरी) का संचालक हुन् । व्यवसायी सापकोटाले आफूले कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो नलागेपनि अर्जुनकुमार मैनाली नेतृत्वको ‘स्वतन्त्र व्यवसायी प्यानलबाट उम्मेदवार बन्ने योजना रहेको बताए ।

सापकोटा २०६० सालमा उद्योग वाणिज्य संघ पशुपतिनगर इलाममा उपाध्यक्ष थिए । हाल उनी उद्योग व्यवसायी महासंघ झापाको कोषाध्यक्ष,सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको उपाध्यक्ष, नेपाल पशुपंछी व्यवसायी मेची शाखाको सहसचिव लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्द छन् ।

हालका महासचिब अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायी प्यानलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीमा आवद्ध रहेका व्यवसायीहरुले एक भएर निर्वाचनमा जाने भद्र सहमति गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसंग भने सहकार्यको लागि छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्