झापा, माघ १० ।झापाको दमकमा गएराति प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक २ बस्ने तागेन्द्र मगर रहेका छन् । राति ८ बजे दमकस्थित मगरको घरकोठामा लागूऔषध सेवन तथा बिक्री वितरण भईरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ८९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

प्लाष्टिकमा प्याक गरेको स–सानो १४ पोका फेला पारी उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्