झापा , माघ १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता कृष्ण सुब्बाको निधन भएको छ ।

राप्रपाका जिल्ला सदस्य भद्रपुर –३ पृथ्वीनगर निवासी सुब्बाको आज बिहान ३ बजे ७४ वर्षको उमेरमा निधन भएको हो । पेटको क्यान्सरले उनी केही महिनादेखि थलिएका थिए । छोरा विदेशमा रहेकाले छोरा आएपछि पर्सी उनको अन्त्येष्टि गरिने परिवारलाई उद्धृत गर्दै भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले जनाएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्