झापा,माघ ११ । निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी छ ।
उनले हालसम्म ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी दिए ।
उनले भने, ‘‘एकदम शान्तिपूर्ण रुपमा मतदान कार्य सुचारु भई अगाडि बढेको छ । ५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ । तर, मतदानका लागि दिउँसो ३ बजेसम्मको समय दिइएकोले मतदान कार्य बन्द हुँदैन ।’’
उनले त्यसपछि मुचुल्का गर्ने र यसको एक, डेढ घण्टापछि मतगणना सुरु हुने कार्यतालिका रहेको बताए ।
उनले भने, ‘‘आज बेलुका ६–७ बजेसम्म नतिजा आइसक्ने आयोगले अपेक्षा गरेको छ ।’’