झापा,माघ ११ । नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशत हाराहारी रहेको पाइएको छ ।

त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागले गरेको नेपालमा अनौपचारिक अर्थतन्त्रको आकारबारेको अध्ययनले यस्तो देखाएको हो ।
अध्ययन अनुसार पछिल्लो १० वर्षको औसत तथ्यांक अनुसार ४२.६६ प्रतिशत अर्थतन्त्र अनौपचारिक रहेको देखिएको छ ।

यसलाई राष्ट्रिय लेखा दृष्टिकोणबाट अध्ययन गर्दा यस्तो नतिजा आएको विभागका प्रमुख प्राडा शिवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै अनौपचारिक अर्थतन्त्र रियल इस्टेटमा देखिएको छ ।

कृषि, वन र फिसिङमा समेत धेरै गतिविधि अनौपचारिक रहेको अध्ययनले देखायको छ । आथित्य सेवामा समेत ठूलो हिस्सा अनौपचारिक रहेको अध्ययनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्