बिर्तामोड, माघ १२ । बिर्तामोडमा जारी दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवमा आज गायिका समीक्षा अधिकारीको प्रस्तुती रहने भएको छ ।

माघ ९ गते मंगलवार महोत्सव उद्घाटन भएकोमा बुधवारदेखि सांगीतिक कार्यक्रम शुरु भएको हो । मेला संचालक नारायण अधिकारीका अनुसार आज गायिका समीक्षा अधिकारीको प्रस्तुती रहने छ । बुधवार चर्चित गायक राजनराज शिवाकोटीको प्रस्तुती रहेको थियो । पल साह प्रकरणका कारण तनाव झेलेकी गायिका समीक्षा अधिकारी यतिबेला फेरि सांगीतिक क्षेत्रमा छाउन थालेकी छिन् ।पछिल्ला दिनहरुमा उनले गाएका तीज गीतहरु बजारमा आएका थिए । पल साह थुनामा रहेकै समयमा उनी कलाकारिता क्षेत्रमा फर्किएकी थिइन् ।

महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने छ । द एलिमेन्ट बेन्ड , सविन राईको बेन्ड , पूर्ण राईको बेन्ड , सपना सुमनको बेन्डसंगै कलाकारहरु शान्तिश्री परियार , ज्योति मगर ,मेलिना राई , एलिना चौहानलगायतका कलाकारहरु आउने मेला संचालक अधिकारीले बताए ।

सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा माघ ३० गतेसम्म दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव आयोजना गरिएको हो । महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्