झापा ,माघ १२ । गएराति झापाको बाह्रदशीमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बाह्रदशी ३ स्थित त्रिवेणी चौकमा आफै अनियन्त्रित भई प्र १–०१–०१६प १५५३ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक बाह्रदशी ३ का अन्दाजी ३० वर्षीय रविन उप्रेतीको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई लडेको जनाइएको छ । राति दुर्घटना भएकोमा स्थानीयले बिहान मात्र देखेका थिए ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।दुई वर्षअघि पनि सोही स्थानमा बाह्रदशी २ का एक मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्