झापा,माघ १२ । जाजरकोटबाट भूकम्प पीडित २९ जना बालबालिका मामाघर अनाथालय सपोर्ट एन्ड केयर सेन्टर ललितपुरले लिएको छ ।

भूकम्पमा परी अभिभावक गुमाएका वा अन्य विपत्तिमा परी समस्याका परेका कुशे र बारेकोट गाउँपालिकाका २९ जना बालबालिकाको हेरचाह अनाथालयले गर्ने भएको हो । कुशेका १६ जना र बारेकोट गाउँपालिकाको १३ जना बालबालिकाको शिक्षा, पालनपोषण मामाघर अनाथालय सपोर्ट एन्ड केयर सेन्टर ललितपुरले गर्नेछ ।

स्थानीय समाजसेवी विकास रोकायाको पहलमा कक्षा १२ सम्म निःशुल्क पढाइने गरी बालबालिकालाई मामाघर लगिएको हो । जाजरकोट यति वेला भूकम्पका कारण निकै समस्या छ, ,‘बालबालिकाको शिक्षा, दीक्षासमेत अभिभावकले दिन नसक्ने कुराको ख्याल गरी उनीहरूलाई त्यहाँ पठाइएको रोकायाको भनाइ छ । ।’

स्थानीय तहको सिफारिसमा निकै जोखिममा परेका बालबालिका छनोट गरी पठाइएको समेत रोकायले जानकारी दिए । अनाथालयका कर्मचारीहरू नै जाजरकोट पुगी सबै कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई ललितपुर लिएको विकासले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्