झापा,माघ १२ । नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयसम्बन्धी मुद्दामा अदालतको सहयोगी एमिकस क्यूरी) ले आफ्नो राय दिँदैछ। सो मुद्दामा निवेदक तर्फका वकिल र सरकारी पक्षका वकिलको बहस सकिएकाले आज एमिकस क्यूरीको बहस सुरू हुने लागेको हो।

रिट निवेदक तथा कानुन व्यवसायी स्वागत नेपालले ॐ शब्द हटाएको विरुद्ध रिटमा निवेदक, प्रत्यक्षी र सरकार पक्षका वकिलको बहस सकिएकाले आजदेखि एमिकस क्यूरीको बहस हुने जानकारी दिएका छन्।

एमिकस क्युरीलाई अदालतको सहयोगी मानिन्छ। इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भिरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानून व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पु¥याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी) को रुपमा झिकाई निजको राय लिन सक्ने कानुनी व्यवस्था छ। यसरी झिकाइएको व्यक्तिले इजलासमा उपस्थित भइ सम्बन्धित विषयमा आफ्नो तटस्थ राय प्रस्तुत गर्नुपर्छ।

माघ ९ गतेदेखि न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा रिटमाथि बहस भइरहेको हो।

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २०६९ साउन २२ गते मन्त्रिपरिषद् बैठकबाट हटाउन लगाएर लागू गराएका थिए। सरकारको सो निर्णयविरुद्ध अधिवक्ता नेपाल,टपेन्द्र बहादुर कार्कीलगायतले २०७३ भदौ २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

विदेशी प्रभावमा परी नेपाली,भाषा,संस्कृति र परम्पराको अन्त्य गर्ने उद्देश्य राखि ॐ शब्दलाई शब्दकोशबाट झिकिएको भन्दै उनीहरुले रिट दिएका थिए।

यसअघि रिटमाथि सुनुवाइ गर्न सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले ’एमीकस क्युरी’मगाउन आदेश दिएको थियो। भाषा र कानुन दक्षताको भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन नेपाल बारको नाममा आदेश भएको थियो।

निवेदकले पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको सम्पादन खारेज गर्नुपर्ने माग गरेका छन्। २०७५ सालमा प्रकाशित १० औं संस्करणको बृहत्त नेपाली शब्दकोषबाट ॐ शब्द हटाइएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्