झापा,माघ १३ । पत्रकार सुरेश आलेमगर ‘सर्जु संसार’लाई पितृशोक परेको छ ।
बिर्तामोड ९ निवासी प्रतिदिन दैनिकका संवाददाता आलेका पिता आरबी आलेको अहिले बिहान कन्काई अस्पतालमा निधन भएको हो । रिंगटा लाग्ने समस्या भएपछि ९० वर्षीय आरबीलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा बुवाको निधन भएको पत्रकार आलेले बताएका छन् ।