हल्दिवारी , माघ १३ । आदिवासी सन्थाल समुदायको सोहराय पर्वको अवसरमा हल्दिवारी गाउँपालिकाले माघ १५ गते स्थानीय विदा दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन(महेन्द्र)ले सूचना जारी गरी माघ १५ गते सार्वजनिक विदा दिइएको र सो दिन गाउँपालिका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, शैक्षिक संस्थाहरु बन्द रहने जनाएका छन् । सन्थाल समुदायले सोहरायलाई महान पर्वको रुपमा मनाउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्