बिर्तामोड, माघ १४ । बिर्तामोड नगरस्तरीय चौधौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छैठौ पटक महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनी नगर च्याम्पियन बनेको छ ।

९ स्वर्ण,७ रजत र ९ कास्य पदकसहित सर्वाधिक पदक जित्दै महेन्द्ररत्नले नगर प्रथम भई छैठौं पटक इतिहास रच्न सफल भएको हो । महेन्द्ररत्नले एथलेटिक्स विधामा ८ स्वर्ण ,कवड्डीमा छात्रतर्फ एक स्वर्ण गरी जम्मा ९ स्वर्ण पदक जितेको हो । त्यस्तै ८ स्वर्ण,६ रजत र १० कास्य पदकसहित देवी माध्यमिक विद्यालय द्वितीय भएको छ भने ८स्वर्ण, ६ रजत र २ कास्य पदकसहित दुर्गा मावि गरामनीले तेस्रो स्थान हासिल गरेको छ ।

विजेता खेलाडीहरुलाई बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , नगर शिक्षा अधिकारी तिलचन भण्डारी , बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौड्याल , नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले ट्रफी र मेडल वितरण गरेका थिए । महेन्द्ररत्न माविमा शुक्रवार र शनिवार आयोजित कार्यक्रममा नगरका २८ वटा विद्यालयले भाग लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्