झापा,माघ १४ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’ को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ । शनिबार रिलिज गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निसान भट्टराई र लीला गजमेरको स्वर रहेको छ ।

भिडियोमा अभिनेतृ शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले आकर्षक नृत्य गरेका छन् । शिशिर खातीको नृत्य निर्देशन रहेको गीतमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहेको छ । चलचित्र अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्