झापा,माघ १७ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड झोराहाट शाखाले ट्राफिक पोल र सवारी ज्याकेट प्रदान गरेको छ ।

दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न विराटनगर– विराटचौक रोडअन्तर्गत झोराहाट बजार आसपास ट्राफिक सचेतनाका लागि उपयोगी हुने सांकेतिक एवं सन्देश मूलक ट्राफिक पोलहरु ६ थान ट्राफिक प्रहरी पोष्ट हरैंचालाई हस्तान्तरण गरिएको हो । साथै सवारी चालकहरुलाई १० थान सवारी ज्याकेट हस्तान्तरण गरिएको छ । त्यसका साथै सवारी चालकहरुलाई ट्राफिक प्रहरीको तर्फबाट दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतना मुलक तालिम तथा बैंकको तर्फबाट वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त ट्राफिक पोलहरु हस्तान्तरणसम्बन्धी कार्यक्रममा ग्रामथान गाउँपालिका वडा नं. २ का वडाध्यक्ष यादवप्रसाद खतिवडा, प्रहरी चौकी झोराहाटका प्रहरी सहायक निरीक्षक कपलेश्वर स्वर्णकार, ट्राफिक प्रहरी पोष्ट हरैंचाका प्रहरी सहायक हवल्दार प्रेमकुमार भट्टराई, बैंकका झोराहाट शाखाका प्रबन्धक कृश्चल ढकालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्