झापा,माघ १८ । १२ वर्षसम्म निर्वाचन हुन नसकेको नेपाल स्काउटको तीनै तहको निर्वाचन माघ २२ र २७ गते हुने भएको छ ।

गत २०८० पौष २३ गते मन्त्री लिम्बुको अध्यक्षतामा बसेको राष्ट्रिय परिषद्को बैठकले १२ वर्षपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्हरुको निर्वाचन तोकेको हो ।

निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सञ्चालन गर्न युवा तथा खेलकुद मन्त्रालयलले सहसचिव शिव रेग्मीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।

बालबालिका तथा युवाहरुलाई अनौपचारिक शैक्षिक अभियान मार्फत अनुशासित, कर्मठ, स्वावलम्बी र राष्ट्रप्रेमी नागरिकको रुपमा उत्पादन गर्ने उद्धेश्य बोकेको स्काउट अभियान विश्वका १७० भन्दा बढी मुलुकमा सञ्चालनमा छ । २०६८ यता राजनीतिक दलहरुको कोपभाजनको सिकार भएको नेपाल स्काउटमा निर्वाचन बिना तदर्थ समितिले नै सम्पूर्ण प्रशासनिक कार्य गर्दै आइरहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्