झापा,माघ १८ । दोस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता फागुन १८ र १९ गते मोरङमा हुने भएको छ ।

डोरीतान सङ्घ कोशी प्रदेशको आयोजना र केन्द्रीय समितिको अभिभावकत्वमा आयोजना हुन लागेको प्रतियोगिता यसअघि माघ २६ र २७ गतेलाई तय भएको थियो । डोरीतान सङ्घ कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेका अनुसार व्यवस्थापनको तयारी पूरा भई नसकेको तथा केही प्राविधिक कारणले प्रतियोगिताको मिति सारिएको हो ।

राष्ट्रिय प्रतियोगितामा तीन विभागीय र सात प्रदेशसहित १० टोलीले सहभागिता जनाउने अध्यक्ष न्यौपानेले बताइन । उनका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित एक लाख रुपियाँ र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

यसअघि कात्तिकमा बङ्गलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय डोरी तान प्रतियोगितामा सहभागिता जनाएको नेपाल विजयी भएको थियो । नेपालले मलेसिया र बैंककमा पनि उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थानमा हासिल गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्