दमक, माघ १८ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा झापा दमक नगरपालिका वडा न. ७ का ३४ बर्षिय बिनोद राई पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक –७ सृजना टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका राईले आफ्नी २८ बर्षिया श्रीमती ममिला राईलाई कुटपिट गरि हत्या गरेका हुन् । छिमेकीको घरमा जन्मदिनको भोज खाएर गएराति १ बजेतिर घर आएपछि राई दम्पत्तीबीच झगडा भएको थियो । झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको इप्रका दमकका डीएसपी मनोजकुमार लामाले बताए ।

कुटपिटबाट मृत्यु भएपछि आज विहान ७.३० बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीको टोली पुगेर राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

मृतकको अनुहार,टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाईएको डीएसपी लामाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्