झापा,माघ २२ । झापाको मेचीनगरमा आगलागी भएको छ ।

आज बिहान अन्दाजी ११ः४० बजेको समयमा मेचीनगर –१२ पाथिभरा टोल बस्ने दुर्गा थाम्सुहाङको खेतमा धान झारेर राखेको परालको कुन्यूनजिकै झ्यास डढाउने क्रममा अचानक कुन्यूमा आगो सल्किन गई आगलागी हुँदा १ बिघा खेतको पराल पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट अन्दाजी ७ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्