बिर्तामोड , माघ २२ । बिर्तामोड ७ मा रहेको कंचन अंग्रेजी माध्यमिक विद्यालयले खेलकूद सप्ताह सुरु गरेको छ ।

विभिन्न खेलकूद प्रतियोगिता सञ्चालन गरेर विद्यार्थीहरुको चौतर्फी विकासमा टेवा पुग्ने विश्वास लिएको सञ्चालक डिल्लीराम चम्लागाईंले जानकारी दिएका छन् । खेलकूद सप्ताहको समापन माघ २८ गते आइतबार अभिभावकको उपस्थितिमा हुने समेत चम्लागाईंले बताए । साथै विद्यालयले भर्ना अभियान शुरु गर्ने जनाएको छ ।सरस्वती पुजाको अवसरमा नयाँ भर्ना खुल्ला गरिने अर्का संचालक बद्री बाँस्कोटाले जानकारी दिएका छन् । सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले छोटो समयमा धेरै अभिभावकको मन समेत जित्न सफल भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्