झापा,माघ २३ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित शिवसताक्षी नगरपालिका ५ बस्ने अन्दाजी २३ वर्षीय सायद बोहोरा पक्राउ परेका छन् ।

आज दिउँसो ४.३० बजेको समयमा मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बोहोरालाई चेकजाँच गर्ने क्रममा उनले लगाएको कालो रंगको हुडीमा लुकाई छिपाई ल्याउँदै गरेको ६ ग्राम २१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्