झापा, माघ २३ । झापामा चोरी मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दिवारी गाउँपालिका वडा नं.२ बस्ने २२ वर्षीय काले भन्ने महेश राजवंशी रहेका छन् ।
झापा जिल्ला अदालतको गत भदौ २५ गतेको फैसला अनुसार चोरी मुद्दामा राजवंशीलाई ३ महिना कैद र ७ हजार जरिवाना रुपैयाँ तोकिएको थियो ।

फरार रहेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्