झापा,माघ २४ । हलमा नेपाली चलचित्र खासै चल्न नसके पनि युट्युबमा भने नेपाली चलचित्रले दर्शकको मन जितिरहेका छन् ।

नेपाली चलचित्र अहिले युट्युबमा करोडौँ पटक हेरिन थालेका छन् । चलचित्र हलमा खासै नटिकेका कतिपय चलचित्र युट्युबमा धेरै पटक हेर्ने गरिएको छ ।

युट्युबमा सबैभन्दा धेरै हेरिएको मध्येको चलचित्र छक्का पञ्जा–३ पनि हो । दीपाश्री निरौला निर्देशित यो चलचित्रलाई युट्युबमा तीन करोड चालिस लाख पटक हेरिएको छ ।

यस्तै ‘प्रेम गीत’ पनि युट्युबमा सबैभन्दा धेरै हेरिएको चलचित्र हो । सुदर्शन थापा निर्देशित चलचित्रलाई तीन करोड १० लाखभन्दा बढी पटक हेरिएको छ । चलचित्र ‘नाइ नभन्नु ल–५’ लाई तीन करोडभन्दा धेरै पटक हेरिएको छ भने ‘मिस्टर झोले’ लाई दुई करोड सत्तरी लाख पटक हेरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्