बिर्तामोड, माघ २४ । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन आगामी बैशाख १४ र १५ गते हुने भएको छ ।


मंगलवार र बुधवार बसेको नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठकले सो निर्णय गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख गोपाल काफ्लेले बताए । फागुन महिनामा गर्नेगरी निर्धारण गरिएको दमक नगर कमिटी र झापा गाउँ कमिटीको अधिवेशन स्थगित गर्न निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

२०८० चैत मसान्तसम्मका पार्टी सदस्य नै सो अधिवेशनमा सहभागी हुन पाउने माथिल्लो कमिटीले निर्णय गरेको सो बैठकमा जनाइएको प्रचार विभाग प्रमुख काफ्लेले जानकारी दिए । जेठ १५ गतेसम्ममा पालिकाका कमिटीको अधिवेशन गर्ने र जेठ मसान्तसम्ममा वडा कमिटी अधिवेशन गर्ने तालिका बनाउन मातहत कमिटीलाई निर्देशन दिने निर्णय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्