झापा, माघ २५ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन् ।

पाँचथर याङ्वरक गाउँपालिका–२ थर्पु घर भई हाल सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित ससुराली घर बस्दै आएको ३३ वर्षीय हरि खड्का बिहीबार बिहान मृत फेला परेका हन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कलमकुमार लुङ्गेलीका अनुसार खड्का स्थानीय महभीरमा मृत अवस्थामा भेटिएका हन् । निबुखोला नजिक महभीरको फेदीमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार स्थानीयले फेला पारेको शव खड्काको रहेको पुष्टि भएको हो ।

बुधबार मध्याह्नतिर सोही गाउँपालिका–१ सिनाम, मावलीघर जान्छु भनी खड्का घरबाट निस्कएका थिए । मावली घर नपुगेको र अबेरसम्म घर पनि नफर्किएपछि उनको खोजतलास हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्