झापा, माघ २५ ।झापाको अर्जुनधारा नगरपालिका ८ स्थित शनिश्चरे माध्यमिक विद्यालयमा लागूऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी जनचेतनामुलक कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।

विद्यार्थीहरुलाई लक्षित गरी स्थानीय अनिश गिरीको सक्रियतामा सो कार्यक्रम गरिएको हो । लागूपदार्थ दुर्व्यसनीको लतमा कलिलो उमेरका बालबालिकाहरु फस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै लागूपदार्थ दुर्व्यसनीसम्बन्धी जनचेतनामूलक कार्यक्रम बिद्यालयमा गरिएको गिरीले बताए । झापामा लागूऔषधको कारोबार तथा प्रयोगको उच्च जोखिम रहेको र अर्कातिर भारतसँग खुल्ला सीमानाका नजिकै रहेकाले बालबालिकालाई चेतना दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको लागूपदार्थ दुर्व्यसनीसम्बन्धी क्रियाशील मनिष गुरुङले बताए ।

लागूपदार्थ दुर्व्यसनलाई हटाउन तथा दुर्व्यसनी पुग्न नै नदिने किसिमले कार्यक्रमहरू सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग गर्नुपर्ने समाजका सरोकारवालाको दायित्व रहेको हुँदा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएकोमा शिक्षिका तारा बिश्वकर्माले धन्यवाद दिँदै यस्ता कार्यक्रम निरन्तर गरिरहन आग्रह गरिन् ।
अनिश गिरी र मनिष गुरुङले सहजीकरंण गर्दै लागूऔषध दुर्व्यसन, यसको असर, यसबाट बच्ने उपायका बारेमा दुई सयभन्दा धेरै विद्यार्थी तथा शिक्षकहरुलाई जानकारीमूलक सहजीकरण गर्दै लागूऔषध नियन्त्रण तथा जीवन उपयोगी नैतिक एवं सामाजिक शिक्षासम्बन्धी जानकारी दिएका थिए ।

सुरज चौधरी , प्रविण राजवंशी , समिर धमलालगायत पूर्व लागूऔषध प्रयोगकर्ताहरुको समूहले अन्य विद्यालयमा पुगेर लागूऔषध नियन्त्रणका बिषयमा विद्यार्थीहरुसंग अन्तरक्रियात्मक छलफल गर्ने जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्