झापा, माघ २५ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपटक १ सय जना एसपीहरुलाई सरुवा गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतको कमाण्डलाई आधार मानेर ज्येष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सो अनुसारको जिम्मेवारीमा सरुवा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय काठमाडौमा सरुवा भएको छ भने उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट निवनकुमार खड्का आउने भएका छन् । त्यस्तै गण नम्बर–२७ रुपन्देहीमा आनन्द थापा, गण नम्बर–४२ बाँकेमा क्षितिज क्षेत्रीलाई सरुवा गरिएको छ ।

नम्बर–४० गण पिलुवा बारामा मोहनबहादुर क्षेत्री, गण नम्बर–३ मोरङमा विश्वबन्धु खड्का र गण नम्बर–१२ बारामा सन्तोषबहादुर सिंहलाई पठाइएको छ । सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण–२०८० स्वीकृत भएपछि नयाँ बढुवा भएका सिसम–३, सिनियर ब्याच सिसम–२ र विभागीय टोलीका एसपीहरुले कमाण्ड पाएका छन् । यसपटकको सरुवामा ४१ जना एसपीले गणको कमाण्ड पाएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्