बिर्तामोड,माघ २७ । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोडको प्रथम अधिवेशन आज हुने भएको छ ।

राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सो अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको युवा नेता जनक खड्काले बताए । उनले बिर्तामोडको सीपी होटलमा बिहान ११ बजेदेखि कार्यक्रम शुरु हुने जानकारी दिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन आयोजना गर्नका लागि सन्तोष कडरियाको संयोजकत्वमा समिति गठन गरिएको थियो । अधिवेशनमा करिव ४ सय युवाको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्