झापा,माघ २७ । बालिकालाई बलात्कार गरि फरार भएका एक अभियुक्त १९ वर्षपछि पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिकाकी बालिका बलात्कार गरि फरार रहेका बराहक्षेत्र नगरपालिका–१ का ३७ वर्षीय अर्जुन विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिए।

विश्वकर्माविरुद्ध २०६१ मंसिर २३ गते धरानकी १५ वर्षकी बालिका उपर भएको जबरजस्ती करणी मुद्दा ईलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय सुनसरीमार्फत जिल्ला अदालत सुनसरीमा दायर भएको थियो। उक्त मुद्दामा सर्वोच्च अदालतले विश्वकर्माविरुद्ध २०६७ बैशाख २९ गते ९ वर्ष ५ महिना १९ दिन कैद फैसला सुनाएको थियो।

अदालतको फैसलापश्चात विश्वकर्मा धरानमै बसेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरी सुनसरी जिल्ला अदालतमा बुझाएको डिएसपी भण्डारीले बताए। अदालतको आदेश अनुसार उनलाई कैद सजायका लागि झुम्का कारागारमा बुझाएको उनले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्