भद्रपुर, माघ २७ । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन भद्रपुर इकाई समितिको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

इकाई समितिका अध्यक्ष लावण्यकुमार पोखरेल (लव) को अध्यक्षता तथा झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आतिथ्यमा उत्कृष्टलाई सम्मान गर्दै सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा शतप्रतिशत लिखत पास गराउने उत्कृष्ट व्यवसायी सम्मानबाट प्रकाश निरौला, जेष्ठ सदस्य सम्मानबाट हर्कमानसिंह राजवंशी, उत्कृष्ट सञ्चालक सदस्य सम्मानबाट सुगम सुवेदी र आजीवन सदस्यता सम्मानबाट पुरूषोत्तम अधिकारीलाई सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट सन्तति सम्मानबाट एस.ई.ई. परीक्षा २०७९ मा उत्कृष्ट अंक ल्याउन सफल एलिसा घिमिरे, भूमिका घिमिरे, समता भण्डारी, पुकार चौहान र अनिश सञ्जेललाई नगदसहित पुरस्कृत गरिएको थियो ।

समितिका सचिव मुरारी न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, लेखापढी कानून व्यवसायी एशोसिएसनका केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल, एशोसिएसनका दमक इकाई अध्यक्ष ताराबहादुर खड्का, मालपोत तथा भूमिसुधार कार्यालयका प्रमुख शेरबहादुर भण्डारीलगायतले शुभकामना मन्तव्य राख्दै लेखापढी व्यवसायलाई मर्यादित बनाएर सेवामुखी बनाउनु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्