झापा,माघ २७ । भट्टराई कुलवंश प्रतिष्ठान झापा जिल्ला समितिको छैठौँ वार्षिक साधारण सभा शनिबार बिर्तामोडमा सम्पन्न भएको छ ।

प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न साधारण सभा केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा भएको हो।
प्रमुख अतिथि भट्टराईले भट्टराई कुल वंश प्रतिष्ठानले भट्टराई बन्धुहरूको संस्कार संस्कृति र परम्परालाई संरक्षण गर्दै बन्धुहरू बीचमा पारिवारिक सम्बन्ध स्थापित गराउन सफल भएको बताए। कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार संयोजक एवं झापा जिल्लाका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद भट्टराई , केन्द्रीय सचिव जीवराज भट्टराई, केन्द्रीय सदस्य चन्द्रा भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई, प्रतिष्ठानका कोशी प्रदेश अध्यक्ष चन्द्रबहादुर भट्टराई र बिर्तामोड नगर समितिका अध्यक्ष बुद्धिराम भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभामा प्रतिष्ठानका झापा अध्यक्ष धर्मेन्द्र भट्टराईले झापा जिल्लाको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईले आर्थिक प्रतिवेदन र उपाध्यक्ष एवं छोरी बुहारी सञ्जालका संयोजक शकुन्तला भट्टराईले महिला विभागको प्रतिवेदन प्रस्तुत गरेका थिए।

सोही कार्यक्रमले बिर्तामोडस्थित नगर समितिको परिसरमा प्रतिष्ठानको झापा जिल्ला कार्यालय स्थापना गर्ने उद्देश्यले भवन निर्माण गर्ने प्रस्ताव पारित गरेको छ। झापा जिल्लाका १९ वटा शाखा समितिबाट प्रतिनिधि तथा पर्यवेक्षक सहभागी उक्त साधारण सभामा उपाध्यक्ष गिरिराज भट्टराईले स्वागत तथा सचिव चन्द्रप्रसाद भट्टराईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्