झापा,माघ २८ । कालोपत्रे सडक निर्माणको कार्य तत्काल सुचारु गर्नुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा सडक अवरुद्ध पारेका हुन् ।

त्यहाँका स्थानीयले आइतबार बिहान लेखनाथ चोक र उत्तरतर्फ खानेपानी कार्यालय छेउमा ढाट र अन्य सामग्री सडकमा राखेर अवरुद्ध गराएका छन् । मोटरसाइकल, साइकल र अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारीसाधनमाथि स्थानीयले रोक लगाएको छ । सडक अवरुद्धका कारण सवारी साधनहरू वैकल्पिक सडक प्रयोग गरिरहेको छ ।

धुलोका कारण सडकमा बसी नसक्नु भएपनि अब पानी हालेर धुलो बन्द गर्ने हैन कालो पत्रे सडक नै एक सूत्रीय माग रहेको उनीहरूले जनाएका छन् ।

हिउँदमा धुलो मारेर के गर्नु वर्षा याममा हिलाम्मे सडक हुन्छ भन्दै नेता र ठेकेदार प्रति आक्रोशित देखिएका थिए । बिर्तामोड ८ देउनियाँ पुलदेखि भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागेपनि अलपत्र पारेर काम नगरेको भन्दै उनीहरू विरोधमा उत्रिएका छन् । समस्या समाधानका लागि नामावली समेत सङ्कलन सुरु गरेको देवेन्द्र थाम्सुहाङ्ले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्