झापा,माघ २८ । चलचित्र ‘अगस्त्य च्याप्टर १’ को प्रणय दिवसका अवसर पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रवीन्द्र झालगायत देखिएका छन् ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायतको अभिनय छ । चलचित्र फागुन १८ बाट नेपालसँगै विश्वभरबाट प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्