झापा , फागुन १ । बालकलाई पछारेर मारेको आरोपमा दमकमा बालककी आमा र अर्का एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ७.३० बजेको समयमा दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी फोर हट नं. ४३२ बस्ने ५० वर्षीय पञ्चबीर घिसिङको घरमा आश्रय लिएर बसेका २५ वर्षीया सुस्मिता बिश्वाका छोरा ८ महिनाका एरित ओलीलाई पञ्चवीर घिसिङले पछारेका थिए । अचेत अबस्थामा पुगेका बालकलाई उपचारको लागि दमक अस्पताल दमक पठाएकोमा इसीजी उक्त अस्पतालमा नरहेकोले इसीजी गराउनको लागि किओच बाल अस्पताल दमक पठाईएकोमा बच्चाको मृत्यु भईसकेको थियो ।

बालकको शव दमक अस्पतालको शवगृहमा राखिएको छ भने बालकलाई पछार्ने पञ्चवीर घिसिङ र बालककी आमा सुस्मिता बिश्वालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक ल्याई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ढुण्डिराज गिरीले बताए । उनका अनुसार घटनाका बेला दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्