झापा, फागुन १ । अर्जुनधारा–३ स्थित अमलडाँगी निवासी ज्योति दर्जी १३ वर्षकी भइन् ।

उनको यसै वर्ष प्रेम विवाह भएको थियो । गएराति उनले छोरीलाई जन्म दिएकी छन् । प्रत्सव पीडा भएपछि उनी राति १०ः१४ बजे खुदुनावारी स्वास्थ्य चौकी भर्ना भएकी थिइन् । २०६६ साल चैत्रमा जन्मेकी ज्योतिले २ केजी २ सय ग्राम तौल भएकी छोरीलाई जन्म दिएको स्वास्थ्य चौकी खुदुनावारीका प्रमुख डम्बरबल्लभ मिश्रले जानकारी दिए । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएकाले डिस्चार्ज गरिएको मिश्रले बताए ।

ज्योतिका श्रीमान् १८ वर्षीय किशल लाम्गादे स्थानीय न्यु होप इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययन गर्दै आएकोमा अहिले क्रसर उद्योगमा काम गर्दै आएको बताइएको छ । ज्योतिसहित खुदुनावारी स्वास्थ्य चौकीमा यसै आर्थिक वर्षमा मात्र १६ जनाले बच्चा जन्माएको प्रमुख मिश्रले जानकारी दिए । कानुनले बालविवाहलाई बर्जित गरेपनि अज्ञानताका कारण नेपालमा बाल विवाह रोकिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्