झापा,फागुन २ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ। बुधबार बिहान २ बजेतिर भेडेटारको प्रहरी टोलीले गाँजा बोकेको को १ ख ७३२२ नम्बरको डिजेल÷पेट्रोल बोक्ने ट्याङकर गाडीसहित तीन भारतीय र एक जना नेपाली नागरिक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राजवावु महर्जनले जानकारी दिए ।

मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको ट्याङकर चेकजाँच गर्दा ट्याङकरको तेल लगाउने पाँच वडा डिब्बा (केल) मध्ये बीचको (केल) भित्र ५ सय ९४ केजी गाँजा फेला परेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवनकुमार कार्कीले बताए । पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ ।

मुचुल्का उठाउने काम भइरहेको र नियन्त्रणमा लिइएको व्यक्तिसहित ट्याङ्कर र गाँजालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाउने तयारी भइरहेको भेडेटार इन्चार्ज कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्