झापा, फागुन २ । चर्चित याडिया कम्पनीको इलेक्ट्रिक बाइकको सोरुम बिर्तामोडमा खुलेको छ ।

बिर्तामोडको भद्रपुर रोडमा नेपाल बिजुली अफिसको सामुन्ने आधिकारिक बिक्रेता सिटौला इन्टरप्राइजेज झापाले याडिया कम्पनीको इलेक्ट्रिक कम्पनीको टु ह्वीलर्सको सो रुम आजदेखि संचालन गरेको हो । जसको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलगायतले उद्घाटन गरे । गंगाप्रसाद सिटौला र निशा उप्रेती सिटौलाले सो सोरुम खोलेका हुन् । सोरुममा करिव ५० लाखको लगानी रहेको बताइएको छ ।

सोरुममा १ लाख ७० हजारदेखि २ लाख ७५ हजार मूल्यका स्कुटी , ९५ हजार मूल्यका मिनी स्कुटी , ९५ हजार मूल्यकै इलेक्ट्रिक साइकल उपलव्ध रहेको प्रोप्राइटर निशा उप्रेती सिटौलाले बताइन् । ती सवारीसाधनको खरिदमा १५ प्रतिशत छुटको व्यवस्था रहेको उनले जानकारी दिइन् ।

यसअघि सिटौला इन्टरप्राइजेजले नै विगत तनि वर्ष अघिदेखि दमकमा इलेक्ट्रिक बाइकको सोरुम संचालन गर्दै आएको छ । आफूहरुले इलाममा पनि सो सवारीसाधन आपूर्ति गर्दै आएको प्रोप्राइटर सिटौलाले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्