झापा,फागुन २ । औषधी व्यवस्था विभागले लिभोसिट्रिजेन सिरप बिक्री नगर्न आग्रह गरेको छ । विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको हो ।

इभोरिन सिरप नामको औषधीको ब्याच नम्बर बीएलईएन ००१ लाई बिक्रीमा रोक लगाइएको हो । राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणका क्रममा औषधीको प्याकिङमा चुहावट भेटिएपछि विभागले बिक्री वितरणमा रोक लगाउन आग्रह गरेको हो ।

विभागले उत्पादक निपोन कम्पनीलाई १५ दिनभित्र लिकेज परीक्षणको विस्तृत रिपोर्ट बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्