झापा , फागुन ३ । विषालु सर्पले डसेर झापाको कचनकवलमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल वडा न.१ बस्ने ओमबहादुर दाहालकी श्रीमती अन्दाजी ६५ वर्षीया टिकामाया दाहाल रहेकी छन् । आज बिहान करिव ११.३० बजेको समयमा दाहाललाई खेतमा काम गरिरहेको बेला बिषालु सर्पले डसेको थियो ।
घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकी दाहालको उपचारको क्रममा दिउँसो १.३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।