झापा, माघ ४ । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुन लागेको निर्वाचनका लागि व्यवसायीका दुईवटा छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा छन् ।


नेपाली कांग्रेस निकटका व्यवसायीहरु राजु न्यौपाने नेतृत्वको लोकतान्त्रिक व्यवसायिक समूह गठन गर्दै चुनावी मैदानमा छन् भने नेकपा एमाले निकटका व्यवसायीहरु अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र व्यवसायिक प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका छन् ।

चुनावी प्रतिष्पर्धामा रहेका उम्मेद्वारमध्ये राजकुमार घिमिरे‘राजु’ स्वतन्त्र व्यवसायिक प्यानलका तर्फबाट वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार हुन् । २०५५ सालदेखि पाँचथरको रबि बजारबाट व्यवसाय शुरु गरेका राजुले पछिल्ला वर्ष झापाको बिर्तामोडलाई मुख्य कर्मथलो बनाएर व्यवसाय गरिरहेका छन् ।

सँधै ब्यवसायीको हकहितका लागि अग्रभागमा उभिने राजुले बिर्तामोड उद्योग वाणिज्य संघको दुई कार्यकाल कार्यसमितिको भिन्नाभिन्नै पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । कुमार भट्टराईको कार्यकालमा कार्यसमिति सदस्य बनेका राजु, प्रकाश शिवाकोटीको कार्यकालमा वाणिज्य उपाध्यक्ष बने । हार्डवेयर व्यवसाय सञ्चालन गरिरहेका राजुको फर्म हो – राजु सप्लायर्स । योसंगै उनले पुण्यमाता हाउजिङ प्रालि समेत सञ्चालन गरिरहेका छन् ।
पाँचथरमा रहँदादेखि नै व्यवसायीको पक्षमा काम गर्दै आएका राजुले रवि उद्योग वाणिज्य संघको समेत सचिवको जिम्मेवारी बहन गरेका थिए । किरानादेखि अलैंची व्यवसाय सञ्चालन गर्दै आएका उनले झापामा पनि व्यवसायसंगै सामाजिक संघ संस्थामा रहेर काम गर्दै आएका छन् । समाजसेवा गर्न रुचाउने राजु सालिन र सरल स्वभावका छन् । व्यवसायीको रोजाईमा परेका राजुले यसअघि भएको निर्वाचनमा समेत दोस्रो सर्वाधिक मतका साथ विजयी बनेका थिए ।

अलैंची व्यववसायी महासंघका केन्द्रीय सदस्य, लायन्स क्लव अफ अनारमनीको सन् २०२२–२०२३ का अध्यक्ष बनेका उनले विभिन्न संघ संस्थामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । लायन्स क्लव अफ अनारमनीको अध्यक्ष रहँदा उनले सामाजिक क्षेत्रमा काम गरेर विभिन्न अवार्ड समेत हात पारेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका राजुले सँधै व्यवसायीको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्