कमल, फागुन ४ । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखा र सहकारी समन्वय समिति कमल ५ को संयुक्त आयोजनामा शुक्रवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

कमल ५ मंगलवारेस्थित रेडक्रसको आफ्नै कार्यालयमा आयोजना गरिएको आँखा शिविरमा २७५ जनाको आँखा परीक्षण गरिएको थियो ।

आँखा शिविर बिर्तामोडस्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको थियो । शिविरमा २७५मध्ये १५ जनामा मोतियाविन्दु देखिएको थियो । शिविरमा फेला परेका मोतियाविन्दु रोगीहरुको निःशुल्क उपचार गर्नेगरी शुक्रवार नै अस्पताल लगिएको आयोजक नेरेसो उपशाखाका सचिव पारसमणि राईले बताए । रेडक्रसले सामाजिक उत्तरदायित्वका रुपमा बर्षेनि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

उपशाखाका सभापति चन्द्र साहको अध्यक्षतामा सम्पन्न शिविरमा रेडक्रसका आजीवन सदस्य तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्