झापा , फागुन ४ । फरक क्षमता (बायाँ खुट्टा नभएका ) भएका गौरादहका भक्तबहादुर श्रेष्ठको घरमा आगलागी भएको छ ।

गएराति ९ः३० बजेको समयमा गौरादह ९ खजुरबारी बस्ने श्रेष्ठको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भएको हो । टिनको छाना, खर र बाँसको टाटीबेराले बनेको भुइँतले घरमा आगो सल्किन गई घर र घरमा रहेका भाडावर्तन, कपडा, खाद्यान्न र आवश्यक कागजपत्र पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिव डेढ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयबासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राति १०.२० बजे पूर्ण रुपमा आगो नियन्त्रणमा आएको र मानवीय क्षति हुनबाट जोगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

त्यस्तै हिजो बिहान ११ः५० बजेको समयमा हल्दिबारी ४ तामाङ चोक बस्ने शेखर अधिकारीको टिनको छानो ,टाटी बेरा भएको एकतले कच्ची घरमा अचानक आगलागी भएको छ । आगलागीबाट घर र घरनजिकै रहेको परालको कुन्यू जलेर नष्ट भएको छ । आगलागीको खबर प्रहरी चौकी जलथलमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई प्रहरी ,स्थानीय र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा दिउँसो १२ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्