झापा,फागुन ४ । तीन दिनअघि मेचीनगरबाट चोरी भएको मोटरसाइकल चोरसहित पाँचथरमा फेला परेको छ ।

हिजो बिहान प्र.१–०१–०१२ प.३५४७ न. को बजाज कम्पनीको पल्सर मोटरसाइकल पाँचथरको हिलिहाङ ५ जोरपोखरी बजारमा फेला परेको हो । बिहान ८ बजेको समयमा बिर्तामोड ६ बुट्टावारी बस्ने २७ वर्षीय योगेश मगरले चोरी गरी लैजादै गरेको सो मोटरसाइकल ट्राफिक प्रहरी पोष्ट गणेशचोक पाँचथर र प्रहरी चौकी जोरपोखरी पाँचथरबाट खटिएको संयुक्त चेकिङ टोलीले पक्राउ गरेको हो ।

गत माघ २९ गते अन्दाजी ९ः४० बजेको समयमा मेचीनगर १३ मेट्रो पेट्रोलपम्पमा पार्किङ गरिराखेको किरण दाहालको सो मोटरसाइकल चोरी भएकोे थियो । मगरसहित मोटरसाइकल नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीतर्फ ल्याउने आवश्यक समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्