झापा,फागुन ६ । पछिल्लो १० वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ९ हजार २४९ जना कर्मचारीले राजीनामा दिएका छन् । पछिल्लो १० वर्षमा ९ हजार २४९ जनाले राजीनामा रोजेको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले बताए ।

राजीनामा दिनुको कारणबारे एसएसपी खड्का भन्छन्,‘अन्यत्र अवसर पाएर राजीनामा दिने गरेको हाम्रो निष्कर्ष छ ।’

त्यस्तै, चालु आर्थिक वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ३ सय ४४ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । २०८० साउन भन्दा पछि कारबाहीमा पर्नेहरूमा प्रहरी उपरीक्षक भन्दा तल्लो तहका कर्मचारी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्